वर्षाले नेपाल र हङकङबीचको खेल रोकियो
खेल पाँचौं ओभर चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो।काठमाडाैं, फागुन २७ : त्रिकोणात्मक टि–२० सिरिजको नेपाल र घरेलु टोली हङकङबीचको खेल वर्षाका रोकिएको छ। खेल पाँचौं ओभर चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो।
टस हारेर पहिला ब्याटिङ गरिरहेको हङकङले ५ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ४३ रन बनाएको छ। उसका अंशुमन रथले २० बलमा ३३ रन बनाएका छन् भने निजकांत खान ९ रन बनाएर खेलिरहेका छन्।
नेपाललाई करण केसीले पहिलो बलमै सफलता दिलाएका थिए। उनले इनफर्म ब्याट्सम्यान मार्टिन कोट्जेलाई गुल्सन झाबाट क्याच आउट गराएका थिए।
नेपालले हिजो हङकङविरुद्ध उतारेको टिममा तीन परिवर्तन गरेको छ। सिनियर फास्टर बलरद्वय करण केसी र अविनाश बोहरा तथा ब्याट्सम्यान लोकेश बमलाई टिममा राखेको छ।
आसन्न टि–२० विश्वकप र एसिसी प्रिमियर कपको तयारीका लागि आयोजना गरिएको सिरिजका नेपाल र हङकङसँगै पपुवा न्युगिनी पनि छ।
प्रकाशित मिति: ११:५० बजे, आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यू–१९ एसिया कपका लागि नेपाली टिमको बदाईमंगलबार, मंसिर ११, २०८१
एनपिएलका लागि टिकट मूल्य सार्वजनिकमंगलबार, मंसिर ११, २०८१
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१
पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जितसोमबार, मंसिर १०, २०८१