हङकङविरुद्ध बलिङमा नेपाल, टिममा तीन परिवर्तन
नेपालले हिजो हङकङविरुद्ध उतारेको टिममा तीन परिवर्तन गरेको छ। सिनियर फास्टर बलरद्वय करण केसी र अविनाश बोहरा तथा ब्याट्सम्यान लोकेश बमलाई टिममा राखेको छ।काठमाडाैं, फागनु २७ : त्रिकोणात्मक टि–२० सिरिजको पहिलो खेलमा अहिले नेपाल र घरेलु टोली हङकङ भिडिरहेका छन्। खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको छ।
नेपालले हिजो हङकङविरुद्ध उतारेको टिममा तीन परिवर्तन गरेको छ। सिनियर फास्टर बलरद्वय करण केसी र अविनाश बोहरा तथा ब्याट्सम्यान लोकेश बमलाई टिममा राखेको छ।
सिरिजअघि शनिबार भएको फ्रेन्डसिप टि–२० आईमा नेपाल हङकङसँग ७४ रनले पराजित भएको थियो।
आसन्न टि–२० विश्वकप र एसिसी प्रिमियर कपको तयारीका लागि आयोजना गरिएको सिरिजका नेपाल र हङकङसँगै पपुवा न्युगिनी पनि छ।
नेपाललाई इनिङको पहिलो बलमै करण केसीले सफलता दिलाएका छन्। उनले इनफर्म ब्याट्सम्यान मार्टिन कोट्जेलाई गुल्सन झाबाट क्याच आउट गराए।
प्रकाशित मिति: ११:२६ बजे, आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यू–१९ एसिया कपका लागि नेपाली टिमको बदाईमंगलबार, मंसिर ११, २०८१
एनपिएलका लागि टिकट मूल्य सार्वजनिकमंगलबार, मंसिर ११, २०८१
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१
पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जितसोमबार, मंसिर १०, २०८१