हायतको शतकमा हङकङले दियो नेपाललाई २१३ रनको विशाल लक्ष्य
टस हारेर पहिला ब्याटिङ गरेको हङकङले हायतको शतक मद्दतमा निर्धाति ओभरमा ६ विकेटको क्षतिमा ११२ रन बनायो।काठमाडाैं, फागुन २६ : स्टार ब्याट्सम्यान बाबर हायतले सानदार शतक प्रहार गरेपछि एक मात्र टि–२० आईमा हङकङले नेपाललाई २१३ रनको विशाल लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको हङकङले हायतको शतक मद्दतमा निर्धाति ओभरमा ६ विकेटको क्षतिमा ११२ रन बनायो।
विस्फोटक ब्याटिङ गरेका हायतले ४९ बलमा ३ चौका र १३ छक्का प्रहार गर्दै ११० रन बनाए। यस्तै, अंशुमन रथले ३२ बलमा ३९ रन बनाउँदा मार्टिन कोट्जेले २१ बलमा ३१ रन बनाए। यसतै, अजाज खानले ११ बलमा २१ रन बनाए।
हङकङ अन्तिम ५ ओभरमा ७९ रन बनाएको थियो।
नेपालका लागि डेब्यू खेलाडी आकाश चन्दले ३ विकेट लिए। उनले ३ ओभरमा २७ रन खर्चिए। यस्तै, आरिफ सेख, प्रतिश जिसी र रसिद खानले समान १ विकेट लिए।
प्रकाशित मिति: १३:०९ बजे, शनिबार, फागुन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यू–१९ एसिया कपका लागि नेपाली टिमको बदाईमंगलबार, मंसिर ११, २०८१
एनपिएलका लागि टिकट मूल्य सार्वजनिकमंगलबार, मंसिर ११, २०८१
दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १०८ रनले हरायोसोमबार, मंसिर १०, २०८१
पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जितसोमबार, मंसिर १०, २०८१