Kathmandu Press

हङकङसँग खेल्दै नेपाली क्रिकेट टिम

नेपाल, हङकङसँगै पपुवा न्युगिनीबीचको त्रिकोणात्मक टि-२० सिरिजअघि नेपाल र हङकङेले टि २० अन्तर्राष्ट्रिय खेल्न लागेका हुन्।
हङकङसँग खेल्दै नेपाली क्रिकेट टिम

काठमाडौं, फागुन २६ : नेपालले आज आयोजक हङकङसँग खेल्दै छ। त्रिकोणात्मक सिरिजअघि यो टि-२० खेल नेपाली समयानुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल, हङकङसँगै पपुवा न्युगिनीबीचको त्रिकोणात्मक टि-२० सिरिजअघि नेपाल र हङकङेले टि २० अन्तर्राष्ट्रिय खेल्न लागेका हुन्।

आसन्न टि २० विश्वकप र एसिसी प्रियिमर कपको तयारीको रुपमा रहेको सिरिज खेल्न नेपाल युवा खेलाडीलाई लिएर हङकङ पुगेको छ। मुख्य प्रशिक्षक मोन्टी देसाईले दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेख जस्ता सिनियर खेलाडीलाई आराम दिएका छन्।

उनले टिममा आकाश चन्द, सन्दीप जोरा, रसिद खान, लोकेश बम, साहब आलम लगायतलाई मौका दिएका छन्।

त्रिकोणात्मक सिरिजमा नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

प्रकाशित मिति: ०९:४४ बजे, शनिबार, फागुन २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्