Kathmandu Press

एनसेलले ल्यायो ‘सही यो! पावर सिम’

काठमाडौं, चैत ६ : एनसेलले युवालाई लक्षित गरि नयाँ सिम योजना ल्याएको छ।

एनसेलले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही ....

एनसेलले ल्यायो ‘सही यो! पावर सिम’

काठमाडौं, चैत ६ : एनसेलले युवालाई लक्षित गरि नयाँ सिम योजना ल्याएको छ।

एनसेलले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो! पावर सिम’ ल्याएको हो। यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्ने जनाएको छ।

यसमा पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क सञ्चालन गर्न सकिने जनाएको छ। त्यस्तै, एक सय रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाइनेछ।

यससँगै बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिन सकिने एनसेलले जनाएको छ।

यो सिम ९९ रुपैयाँमा खरिद गर्न सकिनेछ। बिहीबारदेखि बिक्री सुरू गरिएको एनसेलले जनाएको छ। सिममा २० रुपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको पाँच सय एमबी डेटा (२५० एमबी फोरजी सहित), १० मिनेट अन नेट टक टाइम र एक सय वटा अन नेट एसएमएस पाउने जनाएको छ।

 

प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, चैत ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्