Kathmandu Press

सोनम कपूरको आइसोलेसन भिडियो भाइरल

काठमाडौं, चैत ६ : बलिउड अभिनेत्री सोनम कपूरको आइसोलेसनमा बसेको भिडियो भाइरल बनेको छ। जसमा उनी झ्यालबाट सासु प्रिया आहूजासँग कुराकानी गरिरहेकी छन्।

....
सोनम कपूरको आइसोलेसन भिडियो भाइरल

काठमाडौं, चैत ६ : बलिउड अभिनेत्री सोनम कपूरको आइसोलेसनमा बसेको भिडियो भाइरल बनेको छ। जसमा उनी झ्यालबाट सासु प्रिया आहूजासँग कुराकानी गरिरहेकी छन्।

सोनम केही दिन अघि बेलायतको राजधानी लन्डनबाट भारत पर्किएकी थिइन्। अलिहे उनी १४ दिनको लागि सेल्फ आइसोलेसनमा बसेकी छिन्।

Hardik ivf

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको त्रासबीच पति आनन्द आहूजासँगै लन्डनबाट फर्किएपछि आइसोलेसनमा बसेकी हुन्। उनको पति आनन्दले भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै भनेका छन्, ‘आइसोलेसन टाइम।’

उनले भारतको विमानस्थलमा उत्रिएपछि भारत सरकारले कोरोना भाइरसविरुद्ध गरिरहेको तयारीलाई प्रशंसा गरेको थिइन्।

विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासले गर्दा मानिसहरु घरबाट बाहिर निस्किन कम गरेका छन्। कयौं सेलेब्रेटी आइसोलेसनमा बसेका छन्।

 

प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, चैत ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्