Kathmandu Press

नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक सिरिज

नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक सिरिज
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २२ः त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा नेदरल्यान्ड्स विजयी भएको छ । नेपाललाई ३ बल बाँकी छँदा ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले सिरिजको उपाधी जितेको हो ।

नेदरल्यान्ड्सलाई फाइनल खेल जिताउन माइकल लेविटले अर्धशतकीय इनिङ खेल्दै ५४ रन बनाए भने साइब्रान्ड एन्गलब्रेक्टले ४८ रनको योगदान दिए । यसैगरी, विक्रमजीत सिंह, म्याक्स ओदाउद र भान देर गुतेनले क्रमशः २९, २२ र २१ रन बनाए ।

नेपालका लागि कुशल मल्लले ३ ओभरमा केबल ११ रन दिँदै ४ विकेट लिएपनि जीतका लागि पर्याप्त हुन सकेन । दीपेन्द्रसिंह ऐरी र अबिनाश बोहराले पनि समान १–१ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । 

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्