Kathmandu Press

कुशल मल्लले एकै ओभरमा दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काए

कुशल मल्लले एकै ओभरमा दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काए

काठमाडौं, फागुन २२ः कुशल मल्ले नेदरल्यान्ड्सका दुवैजना ओपनरलाई एकै ओभरमा पभेलियनको बाटो देखाउँदै फाइनलमा नेपालको आशा जीवितै राखेका छन् ।

कुशलले पहिलो विकेटका रुपमा म्याक्स ओडाउडलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराएका थिए । म्याक्सले २३ बलमा २२ रन बनाएका थिए ।

यसैगरी उनले दोस्रो विकेटका रुपमा आक्रामक इनिङ खेल्दै अर्धशतक प्रहार गरिसकेका माइकल लेभिटलाई आउट  गरे । कप्तान रोहित पौडेलबाट क्याचआउट हुनुअघि लेविटले ३ छक्का र ६ चौका प्रहार गर्दै २९ बलमा ५४ रन बनाएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन जोडेको थियो । १८५ रनको लक्ष्य लिएर जवाफि ब्याटिङमा आएको नेदरल्यान्ड्सले यो समाचार तयार पार्दासम्म १० ओभरमा २ विकेट गुमाएर ८६ रन जोडेको छ ।

प्रकाशित मिति: १४:०८ बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्