नेपालले गुमायो लगातार ३ बलमा ३ विकेट

काठमाडौं, फागुन २२ः नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले ३ बलमा ३ विकेट गुमाएको छ ।
करण केसी, गुलशन झा र आरिफ शेख लगातार ३ बलमा आउट भएपछि नेपालको इनिङ धराशायी बनेको हो ।
करण केसी १८औं ओभरको अन्तिम बलमा आउट भएका थिए भने गुलशन र आरिफलाई क्लासेनले १९औं ओभरको पहिलो दुई बलमा आउट गरेका थिए ।
करण केसी ४ बलमा ९ रन बनाएर आउट भएका थिए । यस्तै, गुलशन झाले २५ बलमा ३४ रन जोडे भने आरिफ शेख डकआउट भएका हुन् ।
टस जितेर ब्याटिङ रोजेको नेपालले १९ ओभर सकिँदा ८ विकेट गुमाउँदै १७४ रन जोडेको छ ।
प्रकाशित मिति: १३:०२ बजे, मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1743858424.png)








