Kathmandu Press

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो तेस्रो विकेट
Hardik ivfHardik ivf

काठमाडाैं, फागुन २२: त्रिकोणात्मक टि२०आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनलमा नेपालले तेस्रो विकेट पनि गुमाएको छ । तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको हो ।

३७ बल खेलेका आसिफले लेभिटको बलमा लेभिटको बलमा एलबीडब्ल्यु आउट हुनुअघि ३ छक्का र १ चौका प्रहार गर्दै ४७ रन बनाएका थिए ।

अहिले गुलशन झा र दीपेन्द्रसिंह ऐरी नेपालको इनिङ सम्हालिरहेका छन् ।

यसअघि नेपालले पहिलो विकेका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशलले आउट हुनु अघि २ छक्का र १ चौका प्रहार गर्दै १० बलमा २० रन बनाएका थिए । यस्तै दोस्रो विकेटका रुपमा आउट हुनुअघि कप्तान रोहित पौडेलले १९ बलमा २५ रनको योगदान दिएका थिए ।

नेदरल्यान्ड्सविरूद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । यो समाचार तयार पार्दासम्म नेपालले १४ ओभरमा ३ विकेटको गुमाउँदै १२८ रन बनाएको छ ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपाल दोस्रो हुँदै फाइनल प्रवेश गरेको थियो भने नेदरल्यान्ड्स पहिलो भएको थियो ।

प्रकाशित मिति: १२:३५ बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्