Kathmandu Press

११ ओभरमा नेपालको १०० रन पुरा

११ ओभरमा नेपालको १०० रन पुरा

काठमाडौं, फागुन २२ः त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनलमा नेपालले १०० रन पूरा गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ११ ओभरमा २ विकेट गुमाउँदा १०० रन पूरा गरेको हो ।

नेपालको सुरुवाती १०० रनका लागि ओपनर कुशल भुर्तेलले १० बलमा २० रनको योगदान दिए भने कप्तान रोहित पौडेलले १९ बलमा २५ रन जोडे । हाल क्रिजमा रहेका ब्याट्सम्यान आसिफ शेख ३३ बलमा ४४ रन बनाएर खेलिरहेका छन् भने गुलशन झाले ६ बलमा ११ रन जोडेका छन् ।

प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्