११ ओभरमा नेपालको १०० रन पुरा

काठमाडौं, फागुन २२ः त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनलमा नेपालले १०० रन पूरा गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ११ ओभरमा २ विकेट गुमाउँदा १०० रन पूरा गरेको हो ।
नेपालको सुरुवाती १०० रनका लागि ओपनर कुशल भुर्तेलले १० बलमा २० रनको योगदान दिए भने कप्तान रोहित पौडेलले १९ बलमा २५ रन जोडे । हाल क्रिजमा रहेका ब्याट्सम्यान आसिफ शेख ३३ बलमा ४४ रन बनाएर खेलिरहेका छन् भने गुलशन झाले ६ बलमा ११ रन जोडेका छन् ।
प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1743858424.png)








