Kathmandu Press

नेपालले गुमायो दोस्रो विकेट

नेपालले गुमायो दोस्रो विकेट
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २२ः त्रिकोणात्मक टि२०आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनलमा नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका छन् ।

१९ बल खेलेका रोहितले माइकल लेभिटको बलमा क्याच आउट हुनुअघि १ छक्का र ३ चौका प्रहार गर्दै २५ रन बनाएका थिए ।

अहिले गुलशन झा र आसिफ शेख नेपालको इनिङ सम्हालिरहेका छन् ।

यसअघि नेपालले पहिलाे विकेका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएकाे थियो । कुशलले आउट हुनु अघि २ छक्का र १ चौका प्रहार गर्दै १० बलमा २० रन बनाएका थिए ।

नेदरल्यान्ड्सविरूद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । यो समाचार तयार पार्दासम्म नेपालले १०.२ ओभर सकिँदा २ विकेटको क्षतीमा ९१ रन बनाएर खेलिरहेको छ ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपाल दोस्रो हुँदै फाइनल प्रवेश गरेको थियो भने नेदरल्यान्ड्स पहिलो भएको थियो ।

प्रकाशित मिति: १२:१३ बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्