नेदरल्यान्ड्सविरुद्धको फाइनलमा नेपालले चौथो ओभरमै गुमायो पहिलो विकेट

काठमाडौं, फागुन २२ः त्रिवि मैदानमा जारी त्रिकोणात्मक टि२०आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल भान डेर गुग्तेनबाट बोल्ड भएका थिए ।
कुशलले आउट हुनु अघि २ छक्का र १ चौका प्रहार गर्दै १० बलमा २० रन बनाएका थिए ।
अहिले नेपालका कप्तान रोहित पौडेल र ओपनर आसिफ शेख मैदानमा छन् । आसिफले ३ छक्काको मद्दतमा २१ बलमा २९ रन बनाएका छन् भने रोहित ५ बलमा ६ रन बनाएर खेलिरहेका छन् ।
यसअघि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । यो समाचार तयार पार्दासम्म नेपालले नेपालले ६ ओभर सकिँदा १ विकेट गुमाएर ९.१६ रनरेटमा ५५ रन बनाएर खेलिरहेको छ ।
नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपाल दोस्रो हुँदै फाइनल प्रवेश गरेको थियो भने नेदरल्यान्ड्स पहिलो भएको थियो ।
प्रकाशित मिति: ११:५८ बजे, मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1743858424.png)








