Kathmandu Press

नेदरल्यान्ड्सविरूद्धको फाइनलमा नेपालले टस जितेर ब्याटिङ रोज्यो

नेदरल्यान्ड्सविरूद्धको फाइनलमा नेपालले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं, फागुन २२: नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग टस जितेर ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्न चाहन्छ ।

यस सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेलेको हो भने नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । नामिबिया ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको थियो ।

Hardik ivf

नेपाल पहिलो चरणका खेलमा नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । त्यसपछि खेलमा पुनरागमन गर्दै नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको हो ।

पछिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अल आउट गरेको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच ११ टी-२० आई खेल भएका छन् । जसमा नेपाल समान ५ खेलमा जित र हार व्यहोरेको छ । एक खेल नतिजाविहीन भएर टुंगिएको थियो ।

टीयुमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच टी-२० आई खेल भएका छन् । जसमा नेपाल ३ खेलमा विजयी भएको छ ।

नेपालको प्लेइङ सेटः

  • कुशल भुर्तेल
  • आसिफ शेख
  • रोहित पौडेल (कप्तान)
  • दीपेन्द्रसिंह ऐरी
  • कुशल मल्ल
  • प्रतिश जिसी
  • आरिफ शेख
  • सोमपाल कामी
  • करण केसी
  • अभिनाश बोहरा
  • गुलशन झा

बेञ्चः

  • विवेक यादव
  • अनिल शाह
  • ललित राजवंशी
  • सन्दीप जोरा

प्रकाशित मिति: ११:३५ बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्