गण्डकीका मुख्यमन्त्रीले गरे माओवादीका दुई मन्त्री बर्खास्त
काठमाडाैं, फागुन २२: गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् ।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् ।
मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् ।
प्रकाशित मिति: ११:२७ बजे, मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
काममा फर्किए नेपाल एयरलाइन्सका पाइलटहरू बुधबार, मंसिर १२, २०८१
प्रतिष्ठाको लडाईं बन्दै उपनिर्वाचन, दलहरु प्रचारप्रसारमा केन्द्रित बुधबार, मंसिर १२, २०८१
उद्योगका लाईन नकाट्ने प्राधिकरण बोर्डको निर्णयबुधबार, मंसिर १२, २०८१
दुर्गा प्रसाईंको वन्दीप्रत्यक्षीकरणमा सुनुवाई जारी बुधबार, मंसिर १२, २०८१