१७३ देशमा कोरोनाको महामारी, मृतकको संख्या करिब ९ हजार
काठमाडौँ, चैत्र ६ : विश्वभर कोरोना भाइरसको संक्रमणबाट बुधबार मात्रै ९ सय ७४ जनाको ज्यान गएको छ । यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ५२....

काठमाडौँ, चैत्र ६ : विश्वभर कोरोना भाइरसको संक्रमणबाट बुधबार मात्रै ९ सय ७४ जनाको ज्यान गएको छ । यो सँगै विश्वभर ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ५२ पुगेको छ ।
बिहीबार बिहानसम्म विश्वका १७३ देशमा कोरोनाको संक्रमण देखिएको छ । बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट २ लाख १८ हजार ९ सय २४ जना संक्रमित भएका छन् ।
जसमध्ये हिजो मात्रै २० हजार ६ सय ९३ जना नयाँ संक्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा इटलीमा सबैभन्दा बढी ४ सय ७५ जनाको ज्यान गएको छ । यो सँगै इटलीमा ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ।
यस्तै बुधबार इरानमा १४७, स्पेनमा १०५, अमेरिकामा ४३, फ्रान्स ८९, यूके ३३, नेदरल्याण्ड १५ र दक्षिण कोरियामा १० जनाको ज्यान गएको हो ।












