Kathmandu Press

म्यानचेस्टर डर्बीमा सिटी विजयी

खेलको ८ औँ मिनेटमा मार्कस र्‍यासफोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५६ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका फिल फोडेनले गोल गर्दै खेलमा बराबरी गरे ।
म्यानचेस्टर डर्बीमा सिटी विजयी

काठमाडौं, फागुन २१ : इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गए राति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हरायो ।

खेलको ८ औँ मिनेटमा मार्कस र्‍यासफोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५६ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका फिल फोडेनले गोल गर्दै खेलमा बराबरी गरे । फेरि खेलको ८० औँ मिनेटमा उनले नै दोस्रो गोल गरेर टोलीलाई अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको पहिलो मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीको ३–१ को जित सुनिश्चित गरे ।

Hardik ivf

यो जितसँगै तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २७ खेलमा ६२ अङ्क भएको छ । पहिलो स्थानमा रहेको लिभरपुलको समान २७ खेलमा ६३ अङ्क छ । युनाइटेड उति नै खेलमा ४४ अङ्कसहित छैटौँ स्थानमा छ ।

यस्तै गए राति भएको अर्को खेलमा बर्नमाउथले बर्नलीलाई २–० गोलले हराएको छ । बर्नमाउथ २६ खेलमा ३१ अङ्कसहित १३ औँ र बर्नली २७ खेलमा १३ अङ्कसहित १९ औँ स्थानमा छ । 

प्रकाशित मिति: ०८:१९ बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्