Kathmandu Press

त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने

आइतबार वर्षाको कारण खेल रद्द भएपछि नामिबिया र नेदरल्यान्ड्सले १-१ अंक बाँडे। नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुग्दा नेपाल ४ अंकसहित दोस्रो स्थानमा पुगेकाे छ। नामिबियाको ३ अंक मात्र भएकाे छ।
त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने

काठमाडौं, फागुन २० : त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ। फाइनल खेल पर्सि (मंगलबार) हुनेछ।

आइतबार वर्षाको कारण खेल रद्द भएपछि नामिबिया र नेदरल्यान्ड्सले १-१ अंक बाँडे। नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुग्दा नेपाल ४ अंकसहित दोस्रो स्थानमा पुगेकाे छ। नामिबियाको ३ अंक मात्र भएकाे छ।

Hardik ivf

आइतबार ने त्रिवि क्रिकेट मैदानमा नामिबिया र नेदरल्यान्ड्सबीच खेल भइरहँदा वर्षा भएकाे थियाे। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो।

वर्षा रोकिएपछि कभर हटाउन खोज्दा फेरि वर्षा भएपछि खेल रद्द भएको हो।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो। तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।

प्रकाशित मिति: १४:५६ बजे, आइतबार, फागुन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्