नेपालले एकै ओभरमा २ विकेट गुमायाे
कुशल भुर्तेलले ८ बलमा एक चौका र एक छक्कासहित १२ रन बनाए। २.३ ओभरमा भिभिएन किग्माको बलमा उनी क्याचआउट भएका हुन्।
काठमाडौं, फागुन १९ : त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले एकै ओभरमा २ विकेट गुमाएको छ।
नेपालले तेस्रो ओभरमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख आउट भएका हुन्।
कुशल भुर्तेलले ८ बलमा एक चौका र एक छक्कासहित १२ रन बनाए। २.३ ओभरमा भिभिएन किग्माको बलमा उनी क्याचआउट भएका हुन्।
त्यस्तै ओभरको २ ओभर पाचौं बलमा आसिफ शेख बोल्ड आउट भए। उनले एक चौकाको मद्दतमा ८ रन बनाए।
उनीहरु आउट भएपछि क्रिजमा कप्तान रोहित पौडेल र गुल्सन झा आएका छन्।
नेपाल नेदरल्याण्डसले दिएकाे १२१ रनको लक्ष्य पछ्याइरहेकाे छ।
प्रकाशित मिति: १४:१४ बजे, शनिबार, फागुन १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












