Kathmandu Press

नेदरल्याण्ड्सले नेपाललाई दियो १२१ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भउकाे खेलमा १९.३ ओभरमा नेदरल्याण्ड्सले सबै १० विकेट गुमाएर १२० रन बनाएको हो।
नेदरल्याण्ड्सले नेपाललाई दियो १२१ रनको लक्ष्य

काठमाडौं, फागुन १९ : त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई नेदरल्यान्ड्सले १२१ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै १० विकेट गुमाएर १२० रन बनाएको हो।

अन्तिम ओभरको तेस्रो बलमा आशिफ शेखले भान देर मेर्वीलाई रन आउट गरेपछि नेदरल्यान्ड्स १२० रनमा समेटिएको हो।

नेदरल्यान्ड्सका म्याक्स ओडाउडले  सर्बाधिक ३१ रन बनाए। त्यस्तै टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३/२३ रन बनाउँदा स्कट एडवार्ड्सले १८ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।

नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई/दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

प्रकाशित मिति: १३:१६ बजे, शनिबार, फागुन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्