Kathmandu Press

दुई विकेट लिएर कुशल मल्लले नेपाललाई दिलाए छैटौं सफलता

उनले ९औं ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट लिँदै नेपाललाई छैटौं सफलता दिलाएका हुन्।
दुई विकेट लिएर कुशल मल्लले नेपाललाई दिलाए छैटौं सफलता

काठमाडौं, फागुन १९ : त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा कुशल मल्लले दुई विकेट लिएर नेपाललाई छैटौं सफलता दिलाएका छन्।

उनले ९औं ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट लिँदै नेपाललाई छैटौं सफलता दिलाएका हुन्।

मल्लले पाँचौ बलमा नोहाक क्रसलाई अभिनाश बोहोराबाट क्याच गराए भने छैटौं बलमा आर्यन दत्तलाई आउट गराए।

यसअघि करण केसी र प्रतिश जिसीले दुईदुई विकेट लिएका थिए।

शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि पनि नेपाललाई आजको खेल जित्नुपर्ने हुन्छ। नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो। तेस्रो खेलमा नामिवियालाई तीन रनले हराउँदै फाइनलको सम्भावना नेपालले कायमै राखेको छ। 

प्रकाशित मिति: १२:३६ बजे, शनिबार, फागुन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्