प्रतिश जिसीले पनि नेपाललाई दिलाए दुई विकेट
याे नेपाललाई चौथो सफलता हाे। यसअघि करण केसीले पहिलो ओभरमै दुई विकेट लिएका थिए।
काठमाडौं, फागुन १९ : त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा प्रतिश जिसीले पनि नेपाललाई दुई विकेट दिलाएका छन्।
याे नेपाललाई चौथो सफलता हाे। यसअघि करण केसीले पहिलो ओभरमै दुई विकेट लिएका थिए।
प्रतिशले ८औं ओभरको पहिलो र पाँचौ बलमा विकेट लिएका हुन्। पहिलो बलमा जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरे।
शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि पनि नेपाललाई आजको खेल जित्नुपर्ने हुन्छ। नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो। तेस्रो खेलमा नामिवियालाई तीन रनले हराउँदै फाइनलको सम्भावना नेपालले कायमै राखेको छ।
प्रकाशित मिति: १२:२५ बजे, शनिबार, फागुन १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












