Kathmandu Press

करण केसीले पहिलो ओभरमै लिए दुई विकेट

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालका करणले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका हुन्।
करण केसीले पहिलो ओभरमै लिए दुई विकेट

काठमाडौं, फागुन १९ : त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा करण केसीले पहिलो ओभरमै दुई विकेट लिएका छन्।

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालका करणले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका हुन्।

चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गरेका उनले अन्तिम बलमा स्याब्रान्डालाई आसिफ सेखबाट क्याच आउट गराए।

शीर्ष दुईमा रहँदै फाइनल खेल्नका लागि पनि नेपाललाई आजको खेल जित्नुपर्ने हुन्छ। नेपाल पहिलो खेलमा नामिवियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो। तेस्रो खेलमा नामिवियालाई तीन रनले हराउँदै फाइनलको सम्भावना नेपालले कायमै राखेको छ। 

प्रकाशित मिति: १२:०१ बजे, शनिबार, फागुन १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्