केपी ओली कप : उपाधिका लागि मछिन्द्र र एनआरटी भिड्दै
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजेदेखि सुरुहुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र र न्यूरोड टिम एनआरटी आमने सामने हुने छन्।काठमाडौं, फागुन १९ : नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालको आयोजनामा काठमाडौंमा जारी केपी ओली कप फुटबलको उपाधि भिडन्त आज हुँदै छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजेदेखि सुरुहुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र र न्यूरोड टिम एनआरटी आमने सामने हुने छन्।
सेमिफाइनलमा मच्छिन्द्रले भारतको भानेभञ्ज्याङ एफसीलाई ५–० गोलको एकतर्फी जित निकाल्दै फाइनलमा स्थान बनाउँदा एनआरटीले जावलाखेल युथ क्लबलाई ३–० को सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।
प्रतियोगिताको उपाधि विजेताले ११ लाख तथा उप विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । फाइनल अघि दिउँसो २ बजेदेखि दशरथ रंगशालामा सांगीतिक प्रस्तुती पनि हुने छ।
प्रकाशित मिति: ०९:१२ बजे, शनिबार, फागुन १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिश मिडिया नेटवर्कलाई एनपिएलको युट्युब प्रशारण अधिकारमंगलबार, मंसिर ११, २०८१
एनपिएलको उपाधि दाबेदार कर्णाली याक्समा कुन खेलाडी कस्ता?मंगलबार, मंसिर ११, २०८१
एनपिएलको उत्कृष्ट खेलाडीले कार पाउनेमंगलबार, मंसिर ११, २०८१
यू–१९ एसिया कपका लागि नेपाली टिमको बदाईमंगलबार, मंसिर ११, २०८१