नामिबियाविरूद्ध नेपाल ३ रनले विजयी
काठमाडाैं, फागुन १८ : त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ।
त्रिवि खेल मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले २० ओभरमा १८० रन बनायो। यससँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ।
जितका लागि १८१ रनकाे लक्षय पछ्याएकाे नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनायाे।
नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिए पनि करण केसीकाे बलिङले ८ रन मात्र प्राप्त भयाे।
यसअघि नेपालका लागि कुशल मल्लले अर्धशतक पूरा गरे। उनी ५५ रनमा आउट भए। कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे। आरिफ ३१ रनमा आउट भए।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए। कप्तान रोहित पौडेल १० रन बनाउँदा ओपनर आसिफ शेख १ रनमा आउट भए।
ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन्। आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रन बनाएर आउट भए।