नेपालले नामिबियालाई दियाे १८१ रनको लक्ष्य
त्रिवि खेल मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले २० ओभर पूरा गर्दै आठ विकेटको क्षतिमा १८० रन बनायो।
काठमाडौं, फागुन १८ : त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गतको खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ।
त्रिवि खेल मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले २० ओभर पूरा गर्दै आठ विकेटको क्षतिमा १८० रन बनायो।
नेपालका लागि कुशल मल्लले अर्धशतक पूरा गरे। उनी ५५ रनमा आउट भए। कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे। आरिफ ३१ रनमा आउट भए।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए। कप्तान रोहित पौडेल १० रन बनाउँदा ओपनर आसिफ शेख १ रनमा आउट भए।
ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन्। आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रन बनाएर आउट भए।
प्रकाशित मिति: १३:१२ बजे, शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












