नेपालले गुमायो चाैथो विकेट, क्रिजमा सेट अनिल र गुलशन दुवै आउट

काठमाडाैं, फागुन १८: नेपालले नामिबियाविरूद्ध जारी टी-२० खेलमा चार विकेट गुमाइसकेको छ । ७.२ ओभरमै नेपालले चार विकेट गुमाएको हो ।
नेपालका लागि ३ छक्का प्रहार गरेका ओपनर अनिल साह १७ बलमा २३ रन बनाएर पभेलियन फर्किएका थिए । उनी लफ्टि इटनको बलमा विकेटकिपर ग्रीनबाट क्याच भएका थिए ।
यस्तै, नेपालले चाैथो विकेटको रूपमा गुलशन झाला गुमाएको छ । १ चाैका र ३ छक्काको मद्दतमा १६ बलमा २६ रन बनाएको झालाई सेल्ट्जले एलबीडब्ल्यू धरापमा पारेका थिए ।
हाल नेपाल ९.३ ओभरमा ८१ रन बनाएर खेलिरहेको छ । आरिफ शेख र कुशल मल्ल नेपालको इनिङ सम्हाल्ने प्रयास गरिरहेका छन् ।
प्रकाशित मिति: १२:१३ बजे, शुक्रबार, फागुन १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












