Kathmandu Press

नामिबियाविरूद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, चार ओभरमै गुमायो दुई विकेट

नामिबियाविरूद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, चार ओभरमै गुमायो दुई विकेट

काठमाडौं, फागुन १८: नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ । खराब सुरूवात गरेको नेपालले पहिलो चार ओभरमै महत्वपूर्ण दुई विकेट गुमाइसकेको छ ।

दोस्रो ओभरको पहिलो बलमै नेपालले ओपनर आसिफ शेखलाइ गुमाएको थियाे । उनी बेन शिकोंगोको बलमा बोल्ड भए । दोस्रो बलको सामना गरेका उनी व्यक्तिगत १ रनमा आउट भएका हुन् ।

Hardik ivf

यस्तै, नेपालको दोस्रो विकेटका रूपमा कप्तान रोहित पाैडेललाई गुमाएको छ । ९ बलमा २ चाैकासहित १० रन बनाएका रोहित ब्रसेलको बलमा क्याच आउट भएका हुन् ।

अहिले नेपाल ६ ओभरमा २ विकेटको क्षतीमा ५१ रन बनाएर खेलीरहेको छ । नेपालका लागि अनिल साह १५ बलमा २३ रन र गुलशन झा १३ बलमा १० रन बनाएर क्रिजमा छन् ।

नेपालको टिममा आज ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् । उनीहरुको स्थानमा आरिफ शेख, अभिनाश बोहरा र अनिल साह टोलीमा छन् ।

प्रकाशित मिति: ११:५८ बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्