Kathmandu Press

डब्ल्यूपीएलमा दिल्लीको दोस्रो जित

डब्ल्यूपीएलमा दिल्लीको दोस्रो जित

काठमाडौं, फागुन १८:  वुमन्स प्रिमियिर लिग (डब्ल्यूपीएल)मा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २५ रनले पराजित गरेको हो । 

पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ५ विकेट गुमाएर १९४ रन बनाएको थियो । १९५ रनको लक्ष्यको जवाफमा रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो । यो बैंग्लोको पहिलो हार हो ।

Hardik ivf

पहिले ब्याटिङमा आएको दिल्लीको टोलीले राम्रो सुरुवात गरेको थियो । मेग ल्यानिङ ११ रन बनाएर आउट भएपछि शेफाली वर्मा र एलिस क्याप्सीबीच ८२ रनको साझेदारी भएको थियो । एलिस क्याप्सीले ४६ रन बनाइन् भने शेफाली वर्माले ५० रनको उत्कृष्ट पारी खेलिन् । 

इनिङ्सको अन्त्यमा मारिज्ने क्यापले ३२ रन र जेस जोन्सनले ३६ रनको अविजित इनिङ खेल्दै टोलीको स्कोर २०० को नजिक पुर्‍र्याएका थिए । बैंगलोरका लागि सोफी डेभिन र नादिन डे क्लर्कले २-२ विकेट लिए ।

१९५ रनको लक्ष्यको जवाफमा आरसीबीले उत्कृष्ट सुरुवात गरेको थियो । स्मृति मन्धाना र सोफी डेभिनले पहिलो विकेटका लागि ७७ रन जोडे । सोफी डेभिनले २३ रन जोडेपछि मन्धनाले सबिनेनी मेघनासँग ३५ रन जोडिन् । कप्तान स्मृति मन्धानाले ७७ रनको उत्कृष्ट इनिङ्स खेलेकी थिइन् । मन्धानाको विकेट गुमेपछि दिल्लीले खेलमा आफ्नो पकड बलियो बनाएको थियो । 

सेविनेनी मेघनाले ३६ रन बनाएर बैंग्लोरको टोली २० ओभरमा ९ विकेट गुमाएर १६९ रन बनाउन सफल भयो र खेल २५ रनले पराजित भयो । दिल्लीका लागि जेस जोनसनले सर्वाधिक ३ विकेट लिँदा मार्जिनेन केप र अरुणधती रेड्डीले समान २-२ विकेट लिए ।

प्रकाशित मिति: ०९:५३ बजे, शुक्रबार, फागुन १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्