Kathmandu Press

बलिउड कलाकार ‘सेल्फ क्वारेन्टाइन’मा

काठमाडौं, चैत ५ : भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। बुधबार बिहानसम्म संक्रमितको संख्या एक सय ४६ पुगेको छ।

कोरोना भाइरसको संक्र....

बलिउड कलाकार ‘सेल्फ क्वारेन्टाइन’मा

काठमाडौं, चैत ५ : भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। बुधबार बिहानसम्म संक्रमितको संख्या एक सय ४६ पुगेको छ।

कोरोना भाइरसको संक्रमणबाट बच्न बलिउड कलाकार भने ‘सेल्फ क्वारेन्टाइन’मा बस्न थालेका छन्। अहिले सेल्फ क्वारेन्टाइनमा बस्नेमा अलिया भट्टदेखि दीलिप कुमारसम्म रहेका छन्।

Hardik ivf

कोरोना भाइरसबाट जोगिन सेल्फ क्वारेन्टाइनमा बसेको दीलिप कुमारले बताएका छन्। ९७ वर्षीय दीलिप कुमारले ट्वीट गर्दै आफू सेल्फ क्यारेनटाइन बसेको जानकारी दिएका हुन्।

त्यस्तै, बलिउड स्टार अर्जुन कपूरले पनि इन्स्टाग्राममा आफू क्वारेनटाइनमा रहेको जानकारी दिएका छन्। उनले तीनदिनदेखि आफू सेल्फ क्वारेन्टाइनमा बसेको बताएका छन्। उनी निकै सजग भई विमानस्थलमा पनि मास्क लगाएर हिडिरहेको तस्बिर सार्वजनिक भएका छन्।

बिगबोसको अघिल्लो सिजनका प्रतिस्पर्धी एवं भजन सम्राट अनूप जलोटालाई त एक होटलमा क्वारेन्टाइनमा राखिएको छ। उनी लन्डनबाट फर्केका हुनाले उनलाई निगरानीमा राखिएको हो।

यस्तै, बलिउड अभिनेत्री आलिया भट्ट पनि कोरोना भाइरसबाट जोगिने तयारी गरिरहेकी छिन्। आलियाले एक तस्बिर सेयर गरेकी छिन्, जसमा उनले भनेकी छिन् ‘सेल्फ क्वारेनटाइनको बावजुद पनि फिटनेसमा पूरा ध्यान दिइरहेको छु।’

 

 

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, चैत ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्