इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी

काठमाडौं, फागुन १७ः इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ ।
बुधबार राति भएको खेलमा इन्टरले एटलान्टलाई ४-० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा म्याथ्यु डार्मियनले २ गोल गर्दा लाउटारो मार्टिनेज र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए ।
जितसँगै शीर्ष स्थानमा रहेको इन्टर मिलानले तालिकामा २६ खेलबाट ६९ अंक बनाएको छ । पराजित भएको एटलान्टा भने ४६ अंकका साथ पाँचौं स्थानमा छ ।
यसैगरी नापोलीले सासुलोमाथि ६-१ गोलको पुनरागमन जित निकालेको छ । सासुलोले सुरुमै गोल गरेपनि त्यसपछि लगातार ६ गोल खान पुगेको थियो ।
नापोलीका भिक्टर जेम्सले ह्याट्रिक गर्दा केभिचाले २ तथा अमिर रहमेनीले एक गोल थपेका थिए । सासुलोका लागि उरो रेसीले एक गोल गरे । नापोली नवौं तथा सासुलो १८ औं स्थानमा छ ।
प्रकाशित मिति: ०९:५५ बजे, बिहीबार, फागुन १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












