१४ औँ राष्ट्रपति रनिङ शिल्ड बैशाख ४ देखि

काठमाडौं, फागुन १७: १४ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी बैशााख ६ गतेदेखि सञ्चालन हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताको मिति निर्धारण गरेको हो । राखेपका सदस्य-सचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रतियोगिता २०८१ साल बैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा गर्ने निणर्य गरेको हो ।
अहिले जिल्लास्तरीय खेलकुद सकिएर प्रदेशस्तरका प्रतियोगिताहरू भइरहेका छन् । त्यहाँबाट छनोट भएका खेलाडीहरूले राष्ट्रिय प्रतियोगिता खेल्ने छन् ।
अहिले ७५३ वटै स्थानीय तहबाट खेलाडी छनोट भइसकेको राखेपले जनाएको छ । प्रतियोगिताको समुद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आमन्त्रण गर्ने राखेपले निणर्य गरेको छ ।
प्रकाशित मिति: १०:२५ बजे, बिहीबार, फागुन १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












