Kathmandu Press

व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी

म्याग्दी, चैत ५ : हिमाली जिल्ला म्याग्दीको तोरीपानीमा व्यावसायिकरूपमा सतुवा खेती शुरु गरिएको छ। दुई वर्षअघि इलामबाट बीउ ल्याएर परीक्षणको रुपमा गरिएको ....

व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी

म्याग्दी, चैत ५ : हिमाली जिल्ला म्याग्दीको तोरीपानीमा व्यावसायिकरूपमा सतुवा खेती शुरु गरिएको छ। दुई वर्षअघि इलामबाट बीउ ल्याएर परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले व्यावसायिकरूपमा नै सतुवा खेती शुरु गरेका हुन्।

गतवर्ष सतुवाका ३० हजार बिरुवा बिक्री गरेर ६ लाख रुपैयाँ आम्दानी गरेका बानियाँले यस वर्ष तीन टनेलमा डेढ लाख बिरुवा हुर्काएका छन्। ती बिरुवा बिक्रीबाट ३५ लाख रुपैयाँ आम्दानी हुने उनले बताए। 

'टिमुर खेतीसँगै सतुवा खेतीलाई व्यावसायिक रूप दिएको छु, मागअनुसारका बिरुवा पु¥याउन सकेको छैन', बानियाँले भने। उनका अनुसार नर्सरीमा उत्पादित डेढ लाख बिरुवामध्ये एक लाख बिरुवा काभ्रे जिल्लाबाट, २० हजार बिरुवा बागलुङ र ३० हजार बिरुवा नेपाल रेडक्रस सोसाइटीले माग गरिसकेका छन्। आगामी वर्षदेखि वार्षिक एक करोड सतुवाका बिरुवा बिक्री गर्ने योजना उनको रहेको छ।

समुद्री सतहदेखि एक हजार ५०० मिटरको उचाइ भएको क्षेत्रमा सतुवा खेती गर्न सकिने बताउँदै बानियाँले तोरीपानी सतुवालगायतका जडीबुटी खेतीका लागि उपयुक्त भएको र यो खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताए। 

प्रकाशित मिति: १२:०० बजे, बुधबार, चैत ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्