कप्तान राेहित पाैडेल ५० रनमा एलबिडब्लु आउट
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका उनी ५० रनमा आउट भएका हुन्।
काठमाडौं, फागुन १६ : त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा राेहित पाैडेल एलबिडब्लु आउट भएका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका उनी ५० रनमा आउट भएका हुन्।
उनी ११.५ ओभरमा एस एन्जेलब्रेचको बलमा एलबिडब्लु आउट भएका हुन्। १८५ रनको लक्ष्य पछ्याएको नेपालले उनी आउट हुँदाको १०० रन बनाएको छ ।
उनीभन्दा केही अघि मात्र कुशल मल्ल ११ रनमा क्याच आउट भए। त्यस्तै आशिफ शेख ३४ रनमा आउट भए। आशिफअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर भुर्तेल भिभियन किंग्माको चौथो बलमा एज लागेर विकेट किपरबाट क्याचआउट भए।
नेपालसँग टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो।
प्रकाशित मिति: १४:२३ बजे, बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












