कुशल मल्ल ११ रनमा क्याच आउट
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा उनलाई ११.१ ओभरमा एस एन्जेलब्रेचको बलमा तेजा निडामनरुले क्याचआउट हुन्।
काठमाडौं, फागुन १६ : त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा कुशल मल्ल ११ रनमा क्याच आउट भएका छन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा उनलाई ११.१ ओभरमा एस एन्जेलब्रेचको बलमा तेजा निडामनरुले क्याचआउट हुन्। १८५ रनको लक्ष्य पछ्याएको नेपालले उनी आउट हुँदाको ९७ रन बनाएको छ ।
यसअघि आशिफ शेख ३४ रनमा आउट भए। आशिफअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर भुर्तेल भिभियन किंग्माको चौथो बलमा एज लागेर विकेट किपरबाट क्याचआउट भए।
नेपालसँग टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो।
प्रकाशित मिति: १४:१७ बजे, बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












