आशिफ शेख ३४ रनमा आउट
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर भुर्तेल भिभियन किंग्माको चौथो बलमा एज लागेर विकेट किपरबाट क्याच आउट भए।
काठमाडौं, फागुन १६ : त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा आशिफ शेख ३४ रनमा आउट भएका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे खेलमा उनी ८.१ ओभरमा रोलेफ भान डर मर्वेको बलमा विकेट किपर स्कट एडवार्डसको हातबाट स्टम्पिङ भएका हुन्। १८५ रनको लक्ष्य पछ्याएको नेपालले उनी आउट हुँदाको ६५ रन बनाएकाे छ ।
यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर भुर्तेल भिभियन किंग्माको चौथो बलमा एज लागेर विकेट किपरबाट क्याच आउट भए।
नेपालसँग टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो।
प्रकाशित मिति: १४:०९ बजे, बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












