ओपनिङ ब्याटर भुर्तेल डकआउट भएपछि नेपाललाई दबाब
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्ससँग बुधबार भइरहेकाे खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर भुर्तेल भिभियन किंग्माको चौथो बलमा एज लागेर विकेट किपरबाट क्याच आउट भएका हुन्।
काठमाडौं, फागुन १६ : त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा पनि कुशल भुर्तेल डकआउट भएका छन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्ससँग बुधबार भइरहेकाे खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर भुर्तेल भिभियन किंग्माको चौथो बलमा एज लागेर विकेट किपरबाट क्याच आउट भएका हुन्।
उनी लगातार दोस्रो खेलमा डक अउट भएका हुन्। पहिलो खेलमा नामिवियाविरुद्ध पहिलो बलमै एलबिडब्लु आउट भएका थिए।
नेदरल्याण्ड्ससँगको खेल जित्न १८५ रनको लक्ष्य पछ्याएको नेपाल उनी डक आउट भएपछि सुरुमै दबाबमा परेको छ।नेपालसँग टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो।
प्रकाशित मिति: १३:३४ बजे, बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












