नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो।काठमाडौं, फागुन १६ : त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो।
नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको यो सिरिजमा आज नेपालसँग भएकाे खेलमा नेदरल्यान्ड्सका लागि माइकल लेभिटले अर्धशतक बनाए। उनी ५४ रनमा आउट भए भने स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट १ रनले चुके।
नेदरल्यान्ड्सका लागि साइब्रान्डले नटआउट ४९ रन जोडे। उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अन्तिम बलमा रनआउट भएका तेजा निडामानुरुले ३३ रन जोडे।
स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा आउट भए । पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरके थिए।
दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन्। बलिङमा नेपालका करण केसी र कुशल मल्लले १-१ विकेट लिए।