उपप्रमुख महिला फुटबलको पहिलो सेमिफाइनल आज

विराटनगर, फागुन १६: इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी प्रथम अन्तर पालिका उपप्रमुख महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आज हुने पहिलो सेमीफाइनलमा सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । अन्तिम क्वार्टरफाइनल खेलमा इलाम नगरपालिकाको टिमले माङसेबुङ गाउँपालिकालाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
मनिषा थापामगरको एकमात्र निणर्ायक गोलसँगै इलाम नगरपालिका सेमिफाइनलमा पुगेको हो । अन्तिम क्वार्टरफाइनल खेलमा वुमन अफ् दि म्याच घोषित हुँदै इलामकी डिफेन्डर सजनी थोकरले नगद तीन हजार पुरस्कार जितिन् ।
प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख रुपैयाँ पाउनेछन् । माइभ्याली फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा इलामका सबै पालिकाहरुको सहभागिता छ । प्रतियोगिताको फाइनल १९ गते हुनेछ ।
प्रकाशित मिति: ११:४० बजे, बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












