अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण, १११ जनाको मृत्यु
काठमाडौं, चैत्र ५ : कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै राज्यमा फैलिएको छ ।
समाचार संस्था सीएननका अनुसार कोरोना भाइरसको संक्रमण सबै ५० राज्....

काठमाडौं, चैत्र ५ : कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै राज्यमा फैलिएको छ ।
समाचार संस्था सीएननका अनुसार कोरोना भाइरसको संक्रमण सबै ५० राज्यमा देखिएको छ भने १ सय ११ जनाको मृत्यु भएको छ । वेष्ट भर्जिनियामा मंगलबार एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण फैलिएको हो ।
अमेरिकामा अहिलेसम्म झण्डै ६ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भईसकेको छ । अमेरिकाले संक्रमण फैलिँदै गएपछि त्यसलाई रोक्नका लागि बजार बन्दसहित भिडभाड नियन्त्रण गर्ने प्रयास गरेको छ ।
त्यहाँ राष्ट्रिय संकटकाल समेत घोषणा गरिसकिएको छ ।
प्रकाशित मिति: ०८:५० बजे, बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












