एन्फाद्वारा चालू आर्थिक वर्षको वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन
विवादकाबीच सोमबार काठमाडौमा बसेको एन्फाको वार्षिक साधारणसभाले वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।
काठमाडाैं, फागुन १४ : अखिल नेपाल फुटबल संघ (एन्फा)ले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको छ।
विवादकाबीच सोमबार काठमाडौमा बसेको एन्फाको वार्षिक साधारणसभाले वार्षिक कार्यक्रमसहित बजेट अनुमोदन गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।
साधारणसभाले फुटवलको सन २०२४ को बार्षिक क्यालेन्डर समेत पारित गरेको उहाले बताए। बैठकमा एन्फाको १ सय ५ प्रतिनिधिमध्ये ७४ जना साधारणसभामा उपस्थित रहेको उनले बताए।
उनले केही सदस्यको विवाद रहेपनि सर्वसम्मतले बार्षिक कार्यक्रम पारित गरेको जानकारी दिए। एन्फाको केन्द्रीय कार्यासमितिमा निर्णय नभएका कुराहरु पनि साधारणसभाको एजेण्डा बनाइएको भन्दै केहि सदस्यहरुले साधारणसभा वहिष्कार गरेका थिए ।
प्रकाशित मिति: १६:५० बजे, सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












