Kathmandu Press

कोरोनाको आशंकामा भारतका एक मन्त्री  क्वारेन्टाइनमा

काठमाडौं, चैत्र ५ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतका एक जना मन्त्री क्वारेन्टाइनमा बसेक....

कोरोनाको आशंकामा भारतका एक मन्त्री  क्वारेन्टाइनमा

काठमाडौं, चैत्र ५ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतका एक जना मन्त्री क्वारेन्टाइनमा बसेका छन्।

हालै केरलाको एक सम्मलेनमा पुगेर फर्केका केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री भी मुरलीधरन ‘सेल्फ क्वारेन्टाइन’मा बसेका हुन् । घरमै क्वारेन्टाइनमा बसेका उनले कोरोनाको परीक्षण गराए पनि उनको रिपोर्ट आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाका कारण भारतमा हालसम्म तीन जनाले ज्यान गुमाएका छन् भने १ सय ४३ भन्दा बढी संक्रमित रहेको जनाइएको छ ।

जसमा १४ जना निको भएर घर फर्किएका छन् भने १ सय २६ जना उपचाररत रहेको जनाइएको छ ।

प्रकाशित मिति: ०७:०५ बजे, बुधबार, चैत ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्