Kathmandu Press

केपी ओली कप : थ्रीस्टारलाई हराउँदै एनआरटी विजयी सेमिफाइनलमा

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एनआरटीले थ्रीस्टार क्लबमाथि १–० को जित निकाल्दै सेमिफाइनलमा पुगेको हो।
केपी ओली कप : थ्रीस्टारलाई हराउँदै एनआरटी विजयी सेमिफाइनलमा

काठमाडौं, फागुन १३ : न्युरोड टिम (एनआरटी) ले थ्रीस्टार क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एनआरटीले थ्रीस्टार क्लबमाथि १–० को जित निकाल्दै सेमिफाइनलमा पुगेको हो।

एनआरटीको जितमा विवेक गुरुङ नायक बने। उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै एनआरटीका लागि निर्णायक गोल सावित भयो।

सञ्जिव विष्टलाई पेनाल्टी एरियामा थ्रीस्टारका खेलाडी खेमराज श्रेष्ठले लडाएपछि एनआरटीले फ्रिकिकको अवसर पाएको थियो। जसको सदुपयोग गुरुङले गरे। 

राष्ट्रिय युवा सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले रु ११ लाख तथा उपपिवेताले रु पाँच लाख प्राप्त गर्नेछन्।

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्