Kathmandu Press

खराब ब्याटिङका कारण नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासँगको दुवै खेलमा पराजित भएको थियो। जारी सिरिजमा नेपाल एक खेल मात्र जित्न सफल भएकाे छ। 
खराब ब्याटिङका कारण नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

काठमाडौं, फागुन १३ : त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको छ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासँगको दुवै खेलमा पराजित भएको थियो। जारी सिरिजमा नेपाल एक खेल मात्र जित्न सफल भएकाे छ। 

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेदरल्यान्ड्सको जितमा विक्रमजित सिंहले नटआउट ५८ रन र साइबन्ड एंगलब्रेटले नटआउट ४६ रन जोडे।  उनीहरूबीच तेस्रो विकेटका लागि १०२ रनको साझेदारी भयो। 

Hardik ivf

आक्रामक सुरूवात गरेको नेदरल्यान्ड्सले नवौं ओभरमा पहिलो विकेट गुमायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई ३९ रनमा बोल्ड गरेका थिए। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै अर्का ‌ओपनर म्याक्स ओ'डाउद २८ रन जोडेर आउट भए। उनलाई नेपालका ललित राजवंशीले विकेटकिपर आसिफ शेखबाट स्टमपिन गराए। 

यसअघि नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए। उनले ९३ बलमा ८ चौका प्रहार गरे। कुशलले आसिफ सेखसँग पहिलो विकेटका लागि ४२ रनको साझेदरी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। तर, त्यसपछि लागतार विकेट जाँदा नेपाल ९४–६को खराब अवस्थामा पुगेको थियो। त्यसपछि आठौं विकेटका लागि आरिफ सेख र करण केसीले ३६ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ केही उसकासेका थिए।

कुशलबाहेक करण केसीले २७ बलमा २ छक्का र १ चौका मद्दतमा २६ रन बनाउँदा आरिफसले ५० बलमा १ चौका मद्दतमा २२ रन बनाए। यस्तै, आसिफले १७ र कप्तान रोहित पौडेलले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। नेपाललाई सस्तैमा रोक्ने क्रममा आर्यन दत्त र भिभिअन किंग्माले समान २ विकेट लिँदा बास डे लिडले २ विकेट लिए।

जितसँगै नेदरल्यान्डसले प्रतियोगितामा चार अंक जोडेको छ। नेदरल्यान्डसले नामिबियालाई पहिलो खेलमा सात विकेटले हराएको थियो भने दोस्रो खेलमा नामिबियासँग २४ रनले पराजित भएको थियो। 

नेपालले लिग २ को पहिलो चरणको खेल सकिदा दुई अंक बटुलेको छ। नेपालले नेदरल्यान्डसलाई नौ विकेटले पराजित गरेको थियो भने नामिबियासँग पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा दुई विकेटले पराजित भएको थियो।

नामिबियाले तीनमा जित हासिल गर्दै छ अङ्क बटुलेको छ। नामिबिया लिग दुईको शीर्ष स्थानमा छ । नेदरल्यान्डस चार खेलमा दुईमा जित तथा दुई खेलमा हार बेहोर्दै चार अङ्कका साथ दोस्रो स्थानमा छ। समान चार खेल खेलको नेपालले एकमा जित तथा तीनमा हार बेहोर्दै दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ। 

प्रकाशित मिति: १६:१५ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्