Kathmandu Press

चलेन नेपालको मध्यक्रम, नेदरल्यान्ड्सलाई दियाे १७३ रनको सामान्य लक्ष्य

कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल मध्यक्रम चल्न नसक्दा ३ बल बाँकी छँदा १७२ रनमै अलआउट भयो।
चलेन नेपालको मध्यक्रम, नेदरल्यान्ड्सलाई दियाे १७३ रनको सामान्य लक्ष्य

काठमाडाैं, फागनु १३ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेल पनि नेपालले खराब ब्याटिङ गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल मध्यक्रम चल्न नसक्दा ३ बल बाँकी छँदा १७२ रनमै अलआउट भयो।

जारी सिरिजमा नेपालले बनाएको यो सर्वाधिक ठूलो स्कोर हो। यसअघि नेपालले नामिबियाविरुद्ध १६८ रन बनाएको थियो।

Hardik ivf

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए। उनले ९३ बलमा ८ चौका प्रहार गरे। कुशलले आसिफ सेखसँग पहिलो विकेटका लागि ४२ रनको साझेदरी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। तर, त्यसपछि लागतार विकेट जाँदा नेपाल ९४–६को खराब अवस्थामा पुगेको थियो।

त्यसपछि आठौं विकेटका लागि आरिफ सेख र करण केसीले ३६ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ केही उसकासेका थिए।

कुशलबाहेक करण केसीले २७ बलमा २ छक्का र १ चौका मद्दतमा २६ रन बनाउँदा आरिफसले ५० बलमा १ चौका मद्दतमा २२ रन बनाए। यस्तै, आसिफले १७ र कप्तान रोहित पौडेलले १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपाललाई सस्तैमा रोक्ने क्रममा आर्यन दत्त र भिभिअन किंग्माले समान २ विकेट लिँदा बास डे लिडले २ विकेट लिए।

जारी सिरिजमा नेपाल र नेदल्यान्ड्स दुवैले समान १ खेल जितेका छन्। यो सिरिजको अन्तिम खेल हो।

प्रकाशित मिति: १३:१९ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्