कशुल आउट, नेपाललाई सातौं झड्का
कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सातौं विकेटका रुपमा क्रिजमा टिकीरहेका कुशल भुर्तेललाई गुमाएको हो। भान डे मर्वेको बलमा आउट हुनुअघि उनले ९३ बलमा ८ चौका प्रहार गर्दै ६६ रन बनाए।काठमाडौं, फागुन १३ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाललाई सातौं झट्का लागेको छ।
कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सातौं विकेटका रुपमा क्रिजमा टिकीरहेका कुशल भुर्तेललाई गुमाएको हो। भान डे मर्वेको बलमा आउट हुनुअघि उनले ९३ बलमा ८ चौका प्रहार गर्दै ६६ रन बनाए।
कुशलले आसिफ सेखसँग पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। त्यसपछि लागतार विकेट जाँदा नेपाल दबाबमा परेको हो। आसिफ १७ रन बनाए।
नेदरल्यान्ड्सका भिभन किंग्मा र बास डे लिडले समान २ तथा आर्यन दत्त र मर्वेले समान १ विकेट लिए। ताज अवस्थामा नेपाल ३७ ओभरको समाप्तिमा १२२–७को अवस्थामा छ।
प्रकाशित मिति: १२:०९ बजे, आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जनकपुर बोल्ट्सको ‘टाइटल स्पोनसर’ मा डीएनए इन्टरनेश्नल नेपालमंगलबार, मंसिर ११, २०८१
डिश मिडिया नेटवर्कलाई एनपिएलको युट्युब प्रशारण अधिकारमंगलबार, मंसिर ११, २०८१
एनपिएलको उपाधि दाबेदार कर्णाली याक्समा कुन खेलाडी कस्ता?मंगलबार, मंसिर ११, २०८१
एनपिएलको उत्कृष्ट खेलाडीले कार पाउनेमंगलबार, मंसिर ११, २०८१