Kathmandu Press

नेदल्यान्ड्सविरूद्ध कुशलको अर्धशतक

कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२औं ओभरको पहिलो बलमा १ रन लिँदै अर्धशतक बनाएका हुन्। उनले ७८ बलमा ५ चौका प्रहार गर्दै अर्धशतक बनाए।
नेदल्यान्ड्सविरूद्ध कुशलको अर्धशतक

काठमाडाैं, फागुन १३ : नेपाली ओपनर कुशल भुर्तेल आईसिसी विश्वकप लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएका छन्।

कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२औं ओभरको पहिलो बलमा १ रन लिँदै अर्धशतक बनाएका हुन्। उनले ७८ बलमा ५ चौका प्रहार गर्दै अर्धशतक बनाए। जारी सरिजमा उनको यो पहिलो अर्धशतक हो।

Hardik ivf

सय रन नबनाउँदै ६ विकेट गुमाएको नेपालको इनिङ कुशलले सम्हालिरहेका छन्। कुशललले आसिफ सेखसँग पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर, त्यसपछि लगातार विकेट जाँदा नेपाल दबाबमा परेको छ।

आसिफ सेखले १७ र कप्तान रोहिलेत १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेदरल्यान्ड्सका भिभन किंग्मा र बास डे लिडले समान २ तथा आर्यन दत्तले १ विकेट लिए। ताज अवस्थामा नेपाल ३४ ओभरको समाप्तिमा ११०–६को अवस्थामा छ।

प्रकाशित मिति: ११:५५ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्