दबाबमा नेपाल, सय रन नबनाउँदै ६ विकेट गुमायो
कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल बोर्डमा सय रन नहुँदै ६ विकेट गुमाएपछि दबाबम परेको हो।काठमाडाैं, फागुन १३ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध खराब ब्याटिङपछि दबाबमा परेको छ।
कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल बोर्डमा सय रन नहुँदै ६ विकेट गुमाएपछि दबाबम परेको हो।
पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कुशल भुर्तेल र आसिफ सेखले नेपाललाई राम्रो सुरुआत दिलाए पनि त्यसपछि लागतार विकेट जाँदा नेपाल दबाबमा परेको हो। चौथो विकेटका लागि कप्तान रोहित पोडेलल कुशलसँग केही साझेदारी गर्ने प्रत्यसगरेपनि नेपालले पुनः लगतार ३ विकेट गुमायो।
नेपालका लागि कशुल भुर्तेल ४९ रन बनाएर खेलिरहेका छन्। यस्तै, आसिफ सेखले १७ र कप्तान रोहिलेत १६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
नेदरल्यान्ड्सका भिभन किंग्मा र बास डे लिडले समान २ तथा आर्यन दत्तले १ विकेट लिए। ताज अवस्थामा नेपाल ३० ओभरको समाप्तिमा ९६–६को अवस्थामा छ।