Kathmandu Press

नेपालले गुमायो नेदरल्यान्डसविरुद्ध तेस्रो विकेट

कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले तेस्रो विकेटका रुपमा कुशल मल्ललाई व्यक्तिगत २ रनमा गुमायो।
नेपालले गुमायो नेदरल्यान्डसविरुद्ध तेस्रो विकेट

काठमाडाैं, फागुन १३ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध तेस्रो विकेट गुमाएको छ। कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले तेस्रो विकेटका रुपमा कुशल मल्ललाई व्यक्तिगत २ रनमा गुमायो।

पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कुशल भुर्तेल र आसिफ सेखले नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। तर, त्यसपछि थप १२ रन जोड्दा तीन विकेट गुमाएपछि नेपाल दबाबमा परेको छ। आसिफ सेखले १५ रन बनाउँदा आनिल साह ७ रनमै आउट भयो।

Hardik ivf

अहिले क्रिजमा कशुल भुर्तेल ३७ बलमा २९ रन बनाएर खेलिरहेका छन् भने उनलाई १ रन बनाएर कप्तान रोहितकुमार पौडेलले साथ दिएका छन्।

नेदरल्यान्ड्सका भिभन किंग्माले २ तथा आर्यन दत्तले १ विकेट लिए। ताजा अवस्थामा नेपाल १४ ओभरको समाप्तिमा ५८–३को अवस्थामा छ।

प्रकाशित मिति: १०:३८ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्