Kathmandu Press

आइसिसी लिग-२ मा आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

सन् २०२७ को विश्वकप छनोट प्रतियोगिताको रूपमा रहेको लिग २ आठ देशहरूले विभिन्न समयमा सिरिज खेल्ने छन्। गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग २ मा आठ टिम भिड्दैछन्।
आइसिसी लिग-२ मा आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं, फागुन १३ : आइसिसी लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ। त्रिवि मैदान कीर्तिपुरमा दुई टोलीबीचको खेल बिहान सवा ९ बजेदेखि सुरू हुनेछ। आजको खेल जारी सिरिजको अन्तिम खेल हो।

सन् २०२७ को विश्वकप छनोट प्रतियोगिताको रूपमा रहेको लिग २ आठ देशहरूले विभिन्न समयमा सिरिज खेल्ने छन्। गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग २ मा आठ टिम भिड्दैछन्। आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ।

Hardik ivf

आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन्। बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ। चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्। जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले मात्रै लिग २ मा ३६ खेल खेल्नेछ। ती मध्ये जारी सिरिजमा आजको सहित ४ खेल खेलिसक्दा अब २०२७ सम्म हुने विभिन्न सिरिजहरूका ३२ खेल खेल्नेछ।

पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित र दुई हार ब्यहोरेको छ। नेपाल नामिबियासँग भएको दुबै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सविरूद्ध भने ९ विकेटको सानदार जित निकालेको थियो।

नेपालविरूद्ध २ र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। एक जित निकालेको नेपाल र नेदरल्याण्ड्स २र२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ।

प्रकाशित मिति: ०८:२६ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्